Comments Add Comment

भूकम्प सुरक्षा प्रदर्शनीमा जगदम्बा सिमेन्टको सहकार्य

४ माघ, काठमाडौं । १२ वैशाख २०७२ मा गएको महाभूकम्पपछि आमनागरिकबीच भूकम्पप्रतिको सजगता बढ्दै गइरहेको अवस्थामा भूकम्प सुरक्षा प्रदर्शनीमा जगदम्बा सिमेन्टको सहकार्य गरेको छ ।

यसै सिलसिलामा नेपाल सरकार तथा एनसेट नेपाल–नेसनल सोसाइटी फर अर्थक्वेक टेक्नोलोजी–नेपालद्वारा २ देखि ४ माघसम्म आयोजना भइरहेको भूकम्प सुरक्षा प्रदर्शनी कार्यक्रममा जगदम्बा सिमेन्टले प्रत्यक्ष रूपमा सहकार्य गरेको हो ।

‘भूकम्प प्रतिरोधात्मक सुरक्षित निर्माणमा साथ छ, जगदम्बा सिमेन्टको’ भन्ने मूल मर्मका साथ प्रदर्शनीमा जगदम्बा सिमेन्टले आफ्नो गुणस्तरीय उत्पादनको प्रदर्शनका साथै सुरक्षित निर्माण बनाउने भन्नेबारे जानकारीसमेत प्रदान गरेको थियो ।

आमउपभोक्तालाई सिमेन्ट, बालुवा, गिटी, पानी, छडलगायत निर्माणमा प्रयोग हुने वस्तुको छनोट, भण्डारणसम्बन्धी जानकारी दिएको पनि जगदम्बाले जनाएको छ । बदलिँदो समय र उपभोक्ताको मागलाई मध्यनजर गर्दै जगदम्बा सिमेन्टले २१औं शताब्दीमा निर्माणलाई जोखिमयुक्त नबनाउन गुणस्तरीय वस्तुको छनोट गर्नुपर्ने कुरामा जोड दिँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment