Comments Add Comment

छैठौँ महिला उद्यमी सम्मेलन आयोजना हुँदै

५ माघ, काठमाडौँ । छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी फोरमको सिग्नेचर कार्यक्रम यो वर्ष माघको दोश्रो हप्ता विगत चार वर्ष जस्तै यो वर्ष पनि लक्ष्मी बैंकको प्रायोजनमा आयोजना गरिने भएको छ ।

कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिदैँछ । त्यसैगरि कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तराष्ट्रिय श्रम संगठन रहेको छ जसले महिला उद्यमशिलतालाई प्रबर्द्धन गर्दै आएको छ । गतवर्षको सम्मेलनमा पनि करिब ३० प्रतिशत सहभागिता पुरुषको थियो र यो वर्ष पनि महिलापुरुष दुवैको सहभागिता रहनेछ ।

यो वर्ष ३०० भन्दा बढि सहभागीहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहने छ ।

कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगाय विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिनेछ । कार्यक्रम माघ १२ गते लाजिम्पाटको र्याडिसन होटलमा आयोजना गरिनेछ ।

एकदिने यस सम्मेलनमा महिला उद्यमशिलताका विषयमा र उनिहरुले भोगेका चुनौती र अवसरहरुको बारेमा विभिन्न सत्रहरुमा छलफल गरिनेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment