
५ माघ, काठमाडौं । राजश्व छली गरेर सुन्धारा, गौशाला र बालाजुमा चलाइएका सूर्तीजन्य गोदाममा प्रहरीले छापा मारेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले छापा मारेर तीन जनालाई पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार करिब ५० लाख बराबरको सामग्री बरामद गरिएको छ ।
थप अनुसन्धान जारी रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन । घटनाबारे सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4