Comments Add Comment

एक वर्षमै गयो युएईमा १०३ नेपालीको ज्यान

दुर्घटना र आत्महत्याले युएईमा नेपालीको मृत्युदर बढ्दै

केही दिनअघि अबुधाबीमा दुर्घटनामा परेको नेपाली सवार बस ।

६ माघ, यूएई । वैदेशिक रोजगारीमा जाने हरेक युवाको सपना हुन्छ– परिवारलाई खुसी दिने ।

यसरी परिवारको खुसीको खोजीमा विदेश भासिने नेपालीको संख्या बर्सेनि बढ्दो छ ।

तर, परिवारको खुसीका लागि विदेशी भूमिमा श्रम बेच्न अभिशप्त नेपालीको जीवन अकालमै टुंगिरहेको छ ।

नेपालीको मुख्य श्रम गन्तव्यमध्ये एक मानिने संयुक्त अरब इमिरेट्स (युएई) मा बितेको सन् २०१९ मा मात्रै १०३ नेपालीेले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा ९९ जना पुरुष र ४ जना महिला छन् ।

कार्यस्थलदेखि दुर्घटनालगायतमा परेर युएईमा एक वर्षको अवधिमा १०३ ले ज्यान गुमाएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । केही दिनअघि मात्रै अबुधाबीमा भएको सवारी दुर्घटनामा नेपाली परेका थिए । जसमा ३ को मृत्यु भएको थियो भने १४ जना घाइते भएका छन् ।

नेपाली दुतावास आबुधाबीका अनुसार, गत वर्ष दुर्घटनामा परेर मात्रै २३ नेपालीले ज्यान गुमाएका छन् । १ महिलासहित ५७ जनाको प्राकृतिक कारणबाट मृत्यु भएको छं । यस्तै एक महिला र १७ जना पुरुषले आत्महत्या गरेको तथ्यांक छ ।

सन् २०१८ मा युएईमा ज्यान गुमाउने नेपालीको संख्या अझै बढी छ । युएईस्थित नेपाली दूतावासका अनुसार, सन् २०१८ मा ९ जना महिलासहित ९८ जना पुरुषले ज्यान गुमाएका थिए ।

सन् २०१८ मा ३ महिला सहित ३० नेपालीले आत्महत्या गरेका थिए । यस्तै गतवर्ष २ जना महिला र ३ जना पुरुषको हत्या भएको दूतावासले जनाएको छ ।

पारिवारिक विचलन, कार्यस्थलको तनावका कारण नेपालीले यूएईमा आत्महत्या गने गरेको दूतावासका सूचना अधिकारी भुवन ओझा बताउँछन् । ओझाका अनुसार, तापक्रम, हृदयघात, मादकपदार्थ सेवनलगायत कारणले पनि कतिपय नेपालीको ज्यान गइरहेको छ ।

पछिल्ला केही वर्षयता युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवाले खाडी मुलुकलाई गन्तव्य बनाउँदै आएका छन् । एक तथ्यांकअनुसार, युएईमा मात्रै २ लाख ५० हजार नेपाली युवा श्रम खर्चिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment