Comments Add Comment

अनलाइन सेयर कारोबार गर्न मिल्ने सानिमाको ‘थ्री इन वान’का ग्राहक ३ हजार नाघे

६ माघ, काठमाडौं । विगत १५ वर्षदेखि आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको सानिमा बैंकले आफ्नो सेवालाई थप परिस्कृत बनाउँदै सानिमा क्यापिटलको सहकार्यमा नेपालमै पहिलो पटक ‘थ्री इन वान’ खाता संचालन गरिरहेको छ ।

यो खाता संचालनमा आएसँगै हालसम्म तीन हजार भन्दा बढी ग्राहकहरुले यस खातामार्फत् शेयर कारोबार गरिरहेको बैंकले जनाएको छ ।

‘थ्री इन वान’ खाता मुख्यतः एकै खातामा तीन खाताहरुको समिश्रण भएको खाता हो जसमा बचत खाता, लगानी खाता र डिम्याट खाताको सुविधा रहेको छ । सानिमा बैंक र सानिमा क्यापिटलले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइनमार्फत् दोस्रो बजारबाट शेयर खरिद बिक्री गर्न सक्नुहुनेछ ।

यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेभसाइटमामा लग इन गरी ‘थ्री इन वान’ अप्शनमा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ ।

अनलाइनमार्फत् आवेदन दिएपछि ग्राहकले दिएको इमेल आवेदन प्राप्त भएको जानकारी पाउनुहुनेछ । साथै बैंकले खाता खोलिदिए पछि बचत खाताको विवरण ग्राहकले दिएको इमेल ठेगाना मार्फत प्राप्त हुनेछ ।

त्यसपछि ग्राहकले एक पटक बैंकको नजिकैको शाखामा पुगी केवासी लगायत आवश्यक प्रक्रिया पूरा गनुपर्नेछ । सो पश्चात् ग्राहकले डिम्याट खाता इमेल को माध्यमबाट प्राप्त गर्नुहुनेछ । अनलाइन मार्फत् यूजर आइडी को Credential प्राप्त भएपछि ग्राहकले आफै शेयर कारोबार गर्न सक्नेछन् ।

लगानीको लागि इच्छुक, व्यस्त कामकाजी तथा कामको सिलसिलामा भ्रमण गर्ने वा विदेश बसेका नेपाली नागरिकहरुले शेयर खरिद बिक्रीका लागि यो योजना निकै उपयोगी रहेको छ ।

साथै आफ्नो अनुकुल समयमा अनलाईनमार्फत् छोटो समयमा शेयर खरिद बिक्री गर्न सकिनेछ । एक पटक खाता खोलेर हस्ताक्षर प्रमाणीकरण भइसकेपछि हरेक कारोबारका लागि बैंक वा शेयरबजारका ब्रोकरहरुकोमा धाउनुपर्ने अवस्थाबाट छुटकारा पाइने बैंकका प्रमुख निक्षेप अधिकृत बबि सिंह गडतौलाज्यूले बताए ।

यसै गरी हरेक कारोबारका लागि चेक साट्नु नपर्ने र कारोबारको रकम सोही दिन अनलाइन सेटलमेन्ट हुने कारणले यो सेवा चुस्त, भरपर्दो र समयको बचत हुनेछ ।

यो खातावाहकले शेयर कारोबार गर्दा एकै कार्यदिनमा पूर्ण संचालित रुपमा हुनेछ । शेयर खरिद वा बिक्रीको सफल कारोबार भए पश्चात् खरिदको हकमा पाँच कार्यदिनमा ग्राहकहरुको डिम्याट खातामा शेयर जम्मा गरिनेछ ।

त्यस्तै बिक्रीको हकमा पनि पाँचौ दिनमा बचत खातामा रकम जम्मा हुनेछ । यदि कारोबार सफल नभएको खण्डमा अर्डर प्यालेस गरेकै दिन ग्राहकहरुको बचत खातामा बैंकले रकम फिर्ता गर्दछ । यस सुविधा अन्तर्गत हरेक दिन दिउँसो २.५५ बजेसम्म कारोबार गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment