+
+
Shares

रेडपाण्डाको छालासहित ललितपुरबाट ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ६ गते ११:४२

६ माघ, काठमाडौं । ललितपुरबाट प्रहरीले रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट बारेकोट नगरपालिका-५ का २० वर्षीय हेमराज बिक, वडानम्बर ४ का २० वर्षीय तिलक बस्नेत र जाजरकोटकै नलगाड नगरपालिका-५ का २३ वर्षीय राजेन्द्र चुनारा रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुबाट रेडपाण्डाको एक थान छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?