+
+
Shares

फागुन १९ बाट नेपाल एयरलाइन्स जापानको नारिता उड्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ६ गते १७:५३

६ माघ, काठमाडौं । नेपाल एयरलाइन्सले  फागुन १९ गतेबाट जापानको राजधानी टोकियो नजिकैको नारिता विमानस्थलमा उडान थाल्ने भएको छ ।

नेपाल एयरलाइन्सले नारिताका लागि टिकट बिक्रि खुला गरिएको उल्लेख गरेको छ । नेपाल एयरलाइन्सले जापानकै अर्को शहर ओशाकामा उडान गरिरहेको छ । उक्त उडान भने अब रद्द हुने भएको छ ।

नारिता राजधानीबाट नजिक रहेको विमानस्थल र धेरै नेपालीसमेत बसोबास गर्ने भएकाले यो रुटले निगमको लामो दूरीको उडानलाई सफल बनाउने विश्वास कम्पनीको छ ।

वाइडबडी एयरबस-३३० जहाजले नै नारिता उडान गर्ने तयारी रहेको छ । कम्पनीले एकसाथ नारिता र चीनको ग्वाङझाउमा उडान थाल्ने योजना बनाएको थियो । चीनको मिति भने अझै तय भइसकेको छैन ।

जापानमा नेपाल एयरलाइन्सले प्रारम्भमा नारिता जान प्रक्रिया थालेको थियो । त्यो प्रक्रिया कार्यकारी अध्यक्षका रुपमा मदन खरेल आइसकेपछि रद्द गरी ओशाका उडान थालेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?