+
+
Shares

राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पतालबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ६ गते १८:४२

६ माघ, काठमाडौं । कान्ति बाल अस्पतालको निस्क्रिय अवस्थामा रहेको ब्लड बैंक सेवालाई पुन सुचारु गरी सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पतालबीच सम्झौता भएको छ।

उक्त सम्झैता अनुरुप काठमान्डौं जिल राउन्ड टेबल २२(राउन्ड टेबल नेपालको अंश) ले ६ जना स्वयमसेवकलाई लाग्ने खर्च ब्यहोर्ने गरी उक्त सेवा पुन: सञ्चालन गरीने छ।

रगतको सहज उपलब्धता अस्पतालको सेवा लिन आउने लाखौं बच्चाहरुका लागि महत्वपूर्ण बिषय भएकाले राउन्ड टेबल नेपालको यो कार्यले भविष्यमा नेपाली सर्वसाधरण र खास गरी बच्चाहरुलाई हित गर्ने बिश्वास लिईएको छ।

यसका साथ साथै राउन्ड टेबल नेपालले अस्पतलाई थप सहयोग पुग्ने गरी नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्नेछ।

गत अक्टोबर २०१९ मा पुन सञ्चालनमा ल्याईएको यस ब्लड बैंकले करिब दशौं हजार बालबालिकाहरुको हित गरेको छ र आउँदा दिनहरुमा यसले निरन्तर सेवा पुर्याउने छ।

राउन्ड टेबल नेपाल  बाल बालिकाहरुको बृहत्तर हित, राम्रो शिक्षा र स्वस्थ जस्ता महत्वपूर्ण बिषयमा सेवा पुर्याउने उद्देश्य बोकेको समाज सेवामा समर्पित युवाहरुको समूह हो।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?