Comments Add Comment

टाइम्स ‘ए’ लाई थ्री बाई थ्री वेष्ट अन्तर्गत धनगढीको उपाधि

६ माघ, काठमाडौं । धनगढी टाइम्स क्लब ‘ए’ ले धनगढीको उपाधि जितेसँगै लि–निङ्ग थ्री बाई थ्री बास्केटबल वेष्टको सिटी लेगहरु समाप्त भएको छ ।

सुदूरपश्चिमाञ्चल एकेडेमीको बास्केटबल कोर्टमा भएको फाइनलमा राष्ट्रिय खेलाडी मबिन्द्र क्षेत्री सम्मिलित टाइम्स ए” ले सुदुरपश्चिम फाउण्डेशनलाई २०–१४ ले हरायो । दुवै टोली थ्री बाई थ्री वेष्टको फाइनल्सको लागि छनोट भएका छन् ।

यसअघि धनगढीमै हुने भनिएपनि प्राविधिक कारणले फाइनल पोखरामा सारिएको आयोजक नेपाल बास्केटबल प्राइभेट लिमिटेडले जानकारी दिएको छ । फाइनल आगामी बिहीबार र शुक्रबार पोखरा रंगशालाको बास्केटबल कोर्टमा हुनेछ ।

पोखरा लेगबाट कास्की बास्केटबल संघ र रामघाट फाइनलका लागि छानिएका थिए भने बुटवलबाट टाइम्स क्लबकै अर्को टोली र न्यु होराइजन क्लब छनोट भएका हुन् । कास्कीले पोखरा र टाइम्स बी ले बुटवलको उपाधि जितेको थियो ।

फाइनलका बिजेता र उपबिजेताहरुले क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । पोखरा लेगमा १२ र बुटवल लेगमा १० टिमहरुको सहभागिता रहेको थियो । धनगढीमा पनि १० टोलीको सहभागित रहेको थियो ।सहभागी टिमहरुलाई डबल एलिमिनेसको संरचनामा खेलाइएको थियो ।

नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले यसअघि थ्री बाई थ्री इस्टको पनि आयोजना गरेको थियो । एनबिएलले थ्री बाई थ्री सेन्ट्रलको पनि आयोजना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment