Comments Add Comment

भारतीय बन्दगरगाहमा थन्कियो मलेसियाबाट आयात ३० हजार टन पामआयल

७ माघ, काठमाडौं । मलेसियाबाट भित्रिएको ३० हजार टन पाम आयल भारतीय बन्दरगाहमा थन्किएको छ ।

भारतले मलेसियालगायतका देशबाट आयात भइरहेको पाम आयल आयातमा यही ८ जनवरीदेखि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । भारतको यस्तो निर्णयसँगै नेपाललगायतका देशहरू प्रभावित भएका छन् । तर, प्रतिबन्ध घोषणापूर्व नै मलेसियाबाट भारत आइपुगेको ३० हजार टन पाम आयल भारतीय बन्दरगाहमा थन्किएको पाइएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार, मलेसियाको रिफाइन्ड आयलले भारतको प्रतिबन्ध घोषणापूर्व नै जहाजमार्फत भित्राएको पाम आयल बन्दरगाहमा फसेको हो ।

भारत आयात भइरहेको खाने तेलमा इन्डोनेसियापछि मलेसियाको सबैभन्दा ठूलो हिस्सा रहने गरेको थियो । तर, कश्मीर र एनआरसी–सीएए मामलामा मलेसियाका प्रधानमन्त्रीले भारत रूष्ट हुनेगरी विज्ञप्ति जारी गरेपछि उसले ८ जनवरीमा पाम आयालको आयातमा रोक लगाएको थियो । परिणामतः मलेसियाले आर्थिक नोक्सानीको चर्को मूल्य चुकाउनु परिरहेको बीबीसी हिन्दीको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment