Comments Add Comment

सैनामैनाका ज्येष्ठ नागरिकलाई नगरपालिकाको कम्बल

७ माघ, बुटवल । सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ ।

बढ्दो चिसोबाट ज्येष्ठ नागरिकलाई जोगाउन ६ सय बढी कम्बल बाँडिएको नगरपालिकाले जनाएको छ ।

‘ज्येष्ठ नागरिकप्रति सम्मान गर्ने संस्कार बसाल्न जाडोमा कम्बल वितरण गरेका हौं’, नगरप्रमुख चित्रबहादुर कार्कीले भने । ज्येष्ठ नागरिकको सम्मानका लागि वर्षमा एक पटक यस्ता कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

कम्बल पाएपछि सैनामैना–१० का ९२ वर्षीय भीमबहादुर पुनले नगरपालिकाको सम्मानबाट खुसी भएको बताए । ‘सरकारले जाडोमा न्यानो कम्बल दिएर पुण्य काम ग¥यो’, सैनामैना–२ कि ८४ वर्षीय रामलाल पन्थीले भने ।

जेष्ठ नागरिकका लागि नगरपालिकाभित्र प्रदेशस्तरीय सुविधासम्पन्न जेष्ठ नागरिक संरक्षण ग्राम बनाउन थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । सैनामैना–१, बनकट्टाको ४ बिघा जग्गामा संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा ग्राम बन्न थालेको उनले उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment