Comments Add Comment

सुशिल र रुविनाको प्रेममा घुमेको ‘लभ डायरीज’ ट्रेलर

चलचित्र ‘लभ डायरीज’को ट्रेलरमा मुख्य नायक सुशिल श्रेष्ठ र नायिका रुविना थापाको प्रेम, झगडा, विछोडको कथा समावेश गरिएको छ । सार्वजनिक ट्रेलरमा सुशिल र रुविनाको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । साथमा, चलचित्रमा अर्का कलाकार विश्वजीत रिमाल पनि छन् ।

फागुणको २ गतेबाट रिलिज हुने यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलर हेर्दा यसका निर्माता विनोद सापकोटाले लगानी गर्न कुनै कञ्जुस्याँई नगरेको देखिन्छ । चलचित्रका एसोसिएट निर्देशक साहिल खान हुन् । चलचित्रमा संजय लामाको छायांकन, मधु भुँजेलको कथा तथा पटकथा, अर्जुन पोखरेलको संगीत छ ।

नायक सुशिल श्रेष्ठलाई चलचित्रमा ‘प्ले ब्वाई’को रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा साहिल खानले संवादलाई बढी स्थान दिएका छन् । चलचित्रका केही संवाद दर्शकको नजरमा पर्न सक्छन् ।
प्रेम दिवसको अवसर पारेर रिलिज हुन लागेको यो चलचित्र सुशिल र रुविनाकै करिअरका लागि महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment