
७ माघ, काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा बारामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
३२ वर्षीय मालती देवी नुनियाको हत्या गरेको आरोपमा प्रहरीले पचरौता नगरपालिका-१ पिपरपाती टोलका रामया महतोलाई पक्राउ गरेको हो ।
महतोले गत शुक्रबार श्रीमती मालतीको हत्या गरी सोही ठाउँको जमुनी नदी किनारमा जलाउँदै गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शव जलिरहेको अवस्थामा फेला पारेको थियो । तर महतो भने फरार थिए । घटनापश्चात फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4