Comments Add Comment

ए डिभिजन लिगमा आजबाट आठौं चरणका खेल, मछिन्द्र र पुलिस भिड्दै

८ पुस, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजबाट आठौं चरणका खेल हुँदैछन् । चरणको पहिलो खेलअन्तर्गत आज मच्छिन्द्र र पुलिस भिड्दै छन् ।

यस पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगका विशेषता हो, अंक तालिकामा रोमाञ्चकता । शीर्ष ६ टोलीबीच ५ अंकको मात्र फरक छ भने दोस्रोदेखि छैटौंसम्म रहने टोलीबीच जम्मा २ अंकको अन्तर छ ।

त्यसैले, एक जित र हारले पनि अंक तालिकामा धेरै तलमाथि हुनेछ ।

त्यही शीर्षताको होडमा रहेको मछिन्द्र क्लब र नेपाल पुलिस क्लब बुधबार आठौं चरणको पहिलो खेलमा भिड्दैछन् ।

खेल दशरथ रंगशालामा दिउँसो ३ बजे हुनेछ । ७ खेलबाट १३ अंकिहित मछिन्द्र दोस्रो स्थानमा छ भने समान खेलबाट ११ अंकसहित पुलिस छैटौंमा छ ।

मछिन्द्रले जित हात पारे लिग लिडर आर्मीसँग बराबरी गर्नेछ । पुलिस विजयी भएमा १४ अंक जोड्दै मछिन्द्रलाई नै पछि पारेर दोस्रो स्थानमा उक्लने छ ।

तर मनाङविरुद्धको खेलमा मैदानमै मुक्कामुक्की समावेश भएका तीन खेलाडी दुई खेलको निलम्बनपछि पुलिसविरुद्धकै खेलबाट पुनरागमन गर्दैछन् । यसले मछिन्द्रलाई उत्साही बनाएको छ ।

डिफेण्डर देवेन्द्र तामाङ र विजय धपमालसहित फरवार्ड दिवक राई दुई खेलको निलम्बन सकाएर मैदान फर्कन लागेका हुन् ।

तीन खेलाडी नहुँदा दाबेदार मछिन्द्रको प्लेईङ सेट र बेन्चसमेत कमजोर बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment