Comments Add Comment

एनआईसी एशिया बैंक र इन्फ्रासफ्ट टेक्नोलोजी तथा एम्नील टेक्नोलोजीबीच सम्झौता

८ माघ, काठमाडौं ।एनआईसी एशिया बैंक र इन्फ्रासफ्ट टेक्नोलोजी भारत, एम्नील टेक्नोलोजी प्रालि नेपालका बीच एन्टी मनि लाउन्ड्रीङ्ग सम्बन्धी प्रविधि खरिद गर्ने त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, इन्फ्रासफ्ट टेक्नोलोजीलिको तर्फबाट वितरणतर्फका उपाध्यक्ष अमित शर्मा, एम्नील टेक्नोलोजि प्रालि का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार इन्फ्रासफ्ट टेक्नोलोजी  र एम्नील टेक्नोलोजी प्रालिले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्ड टू इन्ड एएमएल सोलुसन उपलब्ध गराउने र यो प्रविधिको कार्यान्वयन पश्चात् सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेका मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने बैंकले जनाएको छ ।

यसले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको जनाएको छ ।

बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको जनाएको छ ।

नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने यस बैंकको उद्देश्यअनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment