Comments Add Comment

वीरगञ्जबाट ६ जना श्रमिक बालकको उद्धार

८ माघ, वीरगञ्ज । वीरगञ्जको एक होटलबाट ६ जना बाल श्रमिकको उद्धार गरिएको छ । वीरगञ्ज मुख्य सडकस्थित मुर्लीमा सञ्चालित अर्पण स्वीट्समा काम गर्दै आएका ६ जना बालकको उद्धार गरिएको हो ।

४ जना नेपाली र २ जना भारतीय बाल श्रमिकको उद्धार गरिएको बालमैत्री स्थानीय शासनका फोकल पर्सन मुकेश गुप्ताले जानकारी दिए । उद्दार गरिएका नेपाली बालक चारै जना धनुषाका र भारतीय बालक सितमढीका छन् ।

वीरगञ्जमा होटल, खाजा नास्ता, मिठाई पसल मोटरसाईकल ग्यारेजमा बाल श्रमिक प्रयोग हुने गरेका छन् । उनीहरुलाई कम पैसा दिएर निकृष्ट श्रममा लगाउने गरिएको छ ।

वीरगञ्ज महानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने उद्देश्यले बाल श्रमिक उद्धार भइरहेको छ । उद्धार गरिएका श्रमिक बालबालिकालाई महानगरपालिकाले आवर संसार नामक संस्थासँगको सहकार्यमा सञ्चालन गरेको बाल हेल्प लाइनमा लगेर राख्ने गरिएको छ । बाल हेल्पलाइनमा उनीहरुलाई काउन्सिल गर्ने र अभिभावकको खोजी गर्ने गरिन्छ ।

यो पनि पढ्नुहोस वीरगञ्जमा बाल हेल्पलाइन सञ्चालनमा

गत भदौ २९ गतेबाट बाल हेल्पलाइन सञ्चालनमा आएपछि २८ जना बालबालिकाको उद्धार भइसकेको छ । ११ जना भारतीय र १७ जना नेपालीको उद्दार गरिएको हो । उद्धार गरिएका २७ बालक र १ बालिका मध्ये १८ जनालाई पारिवारिक पुर्नमिलन गराइएको बाल हेल्पलाइनले जनाएको छ ।

१ जनालाई परवानीपुर स्थित आवर संसारको बालगृहमा राखिएको र ९ जना बाल हेल्पलाइनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment