+
+

बोर्ड अध्यक्षका लागि भुवन केसीले किन देखाए अग्रसरता ?

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १२:४६

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आधा दर्जन चलचित्रकर्मी दौडमा लागेका छन् । बोर्ड अध्यक्षको पदका लागि यसपटक नेपाली चलचित्रका दुई नायक पनि दौडमा छन् । नायकद्धय राजेश हमाल र भूवन केसीले समेत विकास बोर्ड अध्यक्ष बन्नका लागि लबिङ सुरु गरेसँगै बोर्ड अध्यक्षको दौड रोचक हुने देखिएको छ ।

बोर्ड अध्यक्ष बन्नका लागि निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक केपी पाठक, कलाकार संघका पूर्व अध्यक्ष नवल खड्का, निर्देशक दयाराम दाहाल पनि आकांक्षी देखिएका छन् । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले विज्ञापन निकालिसकेको छैन । यसैले पनि बोर्ड अध्यक्ष चयन हुन अझै केही समय लाग्ने निश्चित छ ।

बोर्ड अध्यक्ष बन्नका लागि अगाडि सरेका नायक भूवन केसीले चलचित्रकर्मीको हक हितका लािग आफूले काम गर्न सक्ने बताए । उनले भने–‘चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, निर्देशक, निर्माताको मैले भावना वुझेको छु । चलचित्र क्षेत्रमा सबैलाई एकजुट बनाएर अगाडि बढाउन आवश्यक छ ।’

नायक भूवन केसी आज पनि चलचित्र क्षेत्रमा उस्तै सक्रिय छन् । चलचित्र निर्माण, अभिनय र निर्देशनमा समेत उनी व्यस्त देखिन्छन् । नायक केसीले भने–‘चलचित्र विकास बोर्डको अध्यक्ष पदमा चलचित्र क्षेत्र र चलचित्रकर्मीको मर्म वुझेको मानिस आउन जरुरी छ । यसमा म नै आउनुपर्छ भन्ने पनि होइन ।’

उसो त चलचित्र विकास बोर्डलाई सूचना तथा संचारमन्त्रालय सम्हालेको पार्टीको कुनै एक कार्यकर्ता भर्ती गर्ने केन्द्रमा रुपमा लिइन्छ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका आकांक्षी सबै कलाकर्मी नेकपा निकट मानिन्छन् ।

नायक राजेश हमाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो राखेको वुझिएको छ । सूचना, संचार तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि निर्देशक दयाराम दाहाललाई बढी रुची राखेका छन् ।
यसैले पनि चलचित्र विकास बोर्डको अध्यक्षको दौड रोचक हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?