+
+
Shares

अर्घाखाँची सिमेन्टकाे धन वर्षा योजनाको समय थप

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १६:३०

९ माघ, काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रालीले आफ्नो उपभाक्ताका लागि विगत दुई महिनादेखि लागू गरिरहेको ‘धन वर्षा योजना’को समय गरेको छ ।

अर्घाखाँची सिमेन्टप्रति सम्पूर्ण ग्राहकले देखाएको सद्भाव तथा ‘धन वर्षा’ योजनामा उनीहरुको उत्साहजनक सहभागीतालाई सम्मान गर्दै यस स्युर सट नगद उपहार योजनालाई अतिरिक्त केहि समयमा लागि निरन्तरता दिइएको प्रालीले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

अर्घाखाँची सिमेन्टले स्थापनाको पाँचौँ वर्षको उपलक्ष्यमा मंसिर ८ गतेदेखि माघ ८ सम्मका लागि नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करोडौँ उपहार भन्ने नारा सहित उक्त योजना ल्याएको थियो ।

कम्पनीले यस योजना अन्तर्गत समय बाहेक अन्य शर्तहरु केहि पनि परिवर्तन नभएको समेत जनाएको छ ।

यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्रायाच कुपन पाउनेछन्।

जसलाई स्क्रायाच गरी उपभोक्ताहरुले १०० देखि ५०० रुपैयाँ, १०००, देखि १०,०००, रुवयाँ २५०००, देखि ५० हजार रुपैयाँ देखि १ लाखसम्मको सुयोर सट नगद उपहार पाउने छन् ।

यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर विजेताले नै तिनुपर्ने छ ।

देशैभरी लागू हुने यस योजनाअन्तर्गत भाग्यशाली विजेताले डिलर वा हार्डवयेरमार्फत सिमेन्ट खरिद गर्दाकै समयमा सुयोर सट नगद उपहार प्राप्त गर्नेछन् ।

यस योजनाअन्तर्गत हामीले हाम्रा उपभोक्ताबाट पाएको साथ, सद्भाव एवं विश्वासप्रति हर्षित भएको र उनीहरुसँगको सम्बन्धलाई थप सुदृढ गर्न यस योजनाको समय थपिएको कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले बताएका छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?