Comments Add Comment

एनआईसी एशिया बैंकद्वारा एपीएफ क्लबका साग विजेतालाई सहयोग

९ माघ, काठमाडौं । एनआईसी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा खलाडीलाई विशेष सहयोग रकम प्रदान गरकेो छ ।

बैंकले नेपाल एपीएफ क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता-२०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप ९ लाख ९५ हजार बराबरको रकम प्रदान गरेको हो ।

उक्त सहयोग स्वरुपको चेक एन आई सी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी राम दाहाललाई हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालको प्रमुख अतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment