Comments Add Comment

नेपालले सिधै सन् २०२१ को टी-२० विश्वकप छनोट खेल्ने

९ माघ, काठमाडौं । नेपालले सन् २०२१ मा भारतमा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेटको लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकपका लागि बिहिबार जारी गरेको सूचना अनुसार नेपालले सिधै ग्लोबल छनोट खेल्न पाउने भएको हो ।

आईसीसी २०२० जनवरी १ मा सार्वजनिक भएको टी-२० वरियताका आधारमा नेपालसंगै जिम्बाबे, हङकङ र युएईले सिधै ग्लोबल छनोटमा स्थान बनाएका छन् ।

ग्लोबल छनोटमा कूल १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले विश्वकपमा खेल्नेछन् ।

ग्लोबल छनोट ८/८ राष्ट्रको विभाजन गरी सन् २०२१ को मार्च देखि जुलाई सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment