
९ माघ, काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ मोरङ्गको हरैचामा ४६ औं शाखारहित बैंकिङ्ग सेवाको सुरूवात गरेको छ ।
बिहिबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ सेवा सुन्दरहरैचा नगरपालिका – १ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख विवेक निरौलाले संयुक्त रुपमा बैंकिङ सेवाका प्रतिनिधि श्रीमती ममता कुमारी चाैधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै उद्घाटन गरे ।
उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
शाखारहित बैंकिङ सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
हालसम्म सन्राइज बैंकले १३० वटा शाखा,४६ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4