+
+
Shares

आर्यन भन्छन्–‘अर्जुन रेड्डी’ रिमेकमा म छैन’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १० गते ११:२८

तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने कुरा त पक्का भैसकेको छ । चलचित्र वितरण तथा निर्माण कम्पनी ‘युवा फिल्मस्’ले यसको अधिकार किनिसकेको छ । ‘युवा फिल्मस्’ले चलचित्रको निर्माणको घोषणा गरेसँगै चलचित्रको विषयमा विभिन्न समाचारहरु आइरहेका छन् । चलचित्रका कलाकारदेखि निर्देशकको नाम पनि सार्वजनिक भैरहेको छ ।

चलचित्रमा नायक आर्यन सिग्देलले मुख्य भूमिकामा काम गर्ने खबर पनि सार्वजनिक भैरहेको छ । गसिप बजारमा आफ्नो नाम सार्वजनिक भएपछि आर्यनले यस बिषयमा मुख खोलेका छन् ।

उनले लेखेका छन्–‘यो स्पष्टिकरणको लागि मात्र हो, मैले केही दिनदेखि समाचारहरु देखिरहेको छु । निर्माणाधिन चलचित्र ‘अर्जुन रेड्डी’को रिमेकमा म छैन । मसँग निर्माण पक्षको कुरा पनि भएको छैन । म निर्माण पक्षलाई शुभकामना दिन चाहन्छु ।’

तेलुगुमा निकै सफल भएको यो चलचित्रको बलिउडमा रिमेक निर्माण भइसकेको छ । गत वर्ष रिलिज भएको ‘कविर सिंह’ यो चलचित्रको रिमेक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?