Comments Add Comment

एयरफोर्स पायलट बन्दै कंगना

बलिउड नायिका कंगना रनावत अभिनित चलचित्र ‘पंगा’ आजबाट बक्स अफिसमा रिलिज भएको छ । यो चलचित्रलाई बलिउड समिक्षकले राम्रो प्रतिक्रिया समेत दिएका छन् । उनै, कंगना अब एक चलचित्रमा एयरफोर्स पायलट बन्ने तयारीमा छिन् । कंगनाले अभिनय गर्न लागेको चलचित्रको नाम ‘तेजस’ हो ।

कंगनाले चलचित्रको बिषयमा बलिउड मिडियासँग भनेकी छिन्–‘म यो भूमिका निर्वाहा गर्न पाउँदा निकै नै उत्साहित छु । मेरो सधै नै एउटा चाहना थियो कि, पर्दामा म एक आर्मी अफिसर्सको भूमिकामा काम गर्न सकुँ । म बच्चादेखि नै आर्मी फोर्सप्रति आकर्षित थिएँ । आर्मी फोर्सले देशको मात्र होइन, देशका नागरिकको पनि सुरक्षा गर्दै आएका छन् ।’

कंगनाले चलचित्रको छायांकन अगाडि आफूले थुपै तालिम पनि लिने बताएकी छिन् । उनका अनुसार, जुलाई महिनाबाट चलचित्रको छायांकन सुरु हुनेछ । कंगना अभिनित अर्को चलचित्र ‘थलाइवी’ पनि रिलिजको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment