Comments Add Comment

गुल्मी जिल्ला अदालत मुद्दा फर्छ्यौटमा प्रदेश ५ कै उत्कृष्ट

१० माघ, गुल्मी । मुद्दा पर्छ्यौटमा गुल्मी जिल्ला अदालत प्रदेश ५ कै उत्कृष्ठ भएको छ । अर्धवार्षिक लक्ष्यको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला अदालतले प्रदेशकै उत्कृष्ट भएको जानकारी दिएको हो ।

जिल्ला अदालतको प्रतिवेदन अनुसार लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गर्न सफल भएको छ । मुद्दा फर्छ्यौटको आधारमा गुल्मी जिल्ला अदालत प्रदेशकै उत्कृष्ट रहेको श्रेष्तेदार कृष्णसरण लामिछानेले बताए ।

जिल्ला अदालतको प्रगती विवरणका अनुसार सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । अदालतमा माघ ६ गतेसम्म दर्ता भएका १९० नयाँ मुद्दामा १ सय १८ सम्बन्ध विच्छेदका छन् । जसमा पुरुषले दर्ता गरेका मुद्दा ३३ छन् भने ।

१३३ थान मुद्दा महिलाहरुले दर्ता गरेको जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले जानकारी दिए । फैसला हुन बाँकी मुद्दा पनि सम्बन्ध विच्छेदकै बढी छन् ।

कानून अनुसार मुद्दाको प्रक्रियामा फर्छ्यौट गर्न एक वर्ष लाग्ने भएकाले धेरै सम्बन्ध विच्छेदका मुद्दा फर्छ्यौट गर्न बाँकी रहेका हुन् ।

अदालतका अनुसार अघिल्लो आर्थिकबाट जिम्मेवारी सरेका १६१ र नयाँ दर्ता भएका ३८८ गरी ५४९ मुद्दामा वार्षिक फैसला गर्नुपर्ने ३५५ मुद्दा छन् ।

माघ ६ गतेसम्म ३५० थानमा १५८ थान मुद्दा फर्छ्यौट भएका छन् । लक्ष्यअनुसार पुस मसान्तसम्म १५२ मुद्दा फर्छ्यौट गर्नु पर्ने थियो । तर अदालतले ६ थान मुद्दा बढी फर्छ्यौट गरेको छ । १९२ मुद्दा फर्छ्यौट गर्न बाँकी छन् ।

एक वर्ष नाघेका मुद्दाको संख्या ३३ रहेको श्रेस्तेदार लामिछानेले बताए । कार्यान्वयनमा रहेको नयाँ मुलुकी संहिताले मृत्युको न्यायिक घोषणा गर्ने कानुनी व्यावस्था अनुसार जिल्ला अदालतमा २५ वटा मुद्दा यो वर्ष दर्ता भएका थिए ।

जसका १५ जनालाई मृत्युको न्यायिक घोषणा गरिएको श्रेस्तेदार लामिछानेले बताए । उनले १२ वर्षभन्दा बढी घरको कुनै सदस्य बेपत्ता भएमा मृत्युको न्यायिक घोषणा गर्न सकिन्छ ।

सोही व्यवस्था अनुसार १५ जनाको सबै कानुनी प्रक्रिया पूरा गरेर मृत्यु घोषणा गरेको जिल्ला अदालत गुल्मीले जनाएको छ ।

सरकारबाट पाउने सवै सेवा सुविधाको लागि मृत्यु न्यायिक घोषणा हुनुपर्ने व्यवस्था अनुसार घोषणाको निम्ति निवेदन दिने गर्दछन् । बाँकी १० जनाको पनि केही प्रक्रिया मात्रै बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment