
१० माघ, काठमाडौं । आगामी फागुन ८ गतेदेखि नेपालगञ्जमा विज्ञान प्रविधिको प्रदर्शनी तथा महोत्सव हुने भएको छ ।
नेपालगन्जको सडक डिभिजन कार्यालय परिसर, कारकाँदोमा हुने महोत्सवमा प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले आफ्नो वैज्ञानिक प्रतिभा प्रदर्शन गर्नेछन् ।
ग्राण्ड साइन्स फेस्टिबलले आयोजना गर्न लागेको प्रदर्शनीमा विज्ञान प्रविधि विषयसँग सम्बधित कविता, वादविवाद र नाटकको प्रतियोगिता समेत रहेको आयोजकले जानकारी दिएको छ ।
फागुन १० गतेसम्म चल्ने सो प्रर्दशनीमा विद्यार्थी मात्र नभई देशैभरका युवा वैज्ञाकिले समेत प्रतिभा प्रदर्शन गर्न पाउने आयोजक समितिका अध्यक्ष आतंक बस्नेतले बताए ।
प्रतियोगीहरुले माघ २९ गतेभित्र आफ्नोे नाम दर्ता गराइसक्नुपर्ने आयोजक समितिले जानकारी दिएको छ । विभिन्न विधामा विजेता भएकाहरुले नगद ४ लाख रुपैयाँ पनि पाउने छन् ।
प्रतिक्रिया 4