Comments Add Comment

‘भन्सार प्रशासन पेपरलेस बन्दैछ’

१० माघ, काठमाडौं । भन्सार प्रशासन आगामी दुई वर्षभित्र पूर्णतया ‘पेपरलेस’ बन्ने भएको छ । विभागका महानिर्देशक सुमन दाहालका अनुसार दुई वर्ष भित्र भन्सारका सबै कामहरु प्रविधिमा आधारित हुने गरी योजना अगाडि बढेको छ ।

सूचना प्रविधिको आधिकतम प्रयोग गरी भन्सार प्रशासनलाई पारदर्शी बनाइने उनले उल्लेख गरे । आइतबार विश्व भन्सार दिवस मनाउँदैछ ।

सोही दिवसको तयारीका सम्बन्धमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा महानिर्देशक दाहालले भन्सार सुधार र आधुनिकीकरणमा विभाग केन्दि्रत रहेको उल्लेख गरे ।

भन्सार विन्दुमा पूर्वाधारको निर्माण गर्ने र जाँचपासमा प्रविधिको प्रयोग बढाइने उनले उल्लेख गरे । व्यापार सहजीकरणका सन्दर्भमा भारत, चीन र बंगलादेशसँग द्धिपक्षीय संयन्त्र क्रियासिल रहेको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment