+
+
Shares

हिउँले अवरुद्ध मार्तडी–कोल्टी सडक १ महिनापछि खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ११ गते १२:५८

११ माघ, बाजुरा । जिल्लाको मार्तडी कोल्टी सडक खण्डअन्तर्गत एक महिना अगाडिदेखि परेको हिउँ पन्छाएर सडक सञ्चालन गरिएको छ ।

बडिमालिका नगरपालिकाको सहयोग र वडा –७ को समन्वयमा एक महिनादेखि परेको हिउँ हटाएर बाटो खुलाइएको हो ।

अघिल्लो महिनादेखि परेको भारी हिमपात र वर्षाले मार्तडी कोल्टी सडकखण्डअन्तर्गत पर्ने पोरखे लेख र आसपासको क्षेत्रमा हिउँ जमेका कारण सडक अवरुद्ध भएको थियो । शुक्रबारदेखि अवरुद्ध सडक खुला गरिएको नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए ।

बाजुरामा परेको लगातारको हिमपातका कारण जनजीवन कष्टकर बन्नुका साथै उत्तरी क्षेत्रका चार स्थानीय तहमा दैनिक उपभोग्य सामानको अभाव भएको छ ।

वडा नं ७ कार्यालयको समन्वय तथा नगरपालिकाको सहयोगमा डोजर लगाएर हिउँ फालिएको वडाध्यक्ष पाध्यायको भनाइ थियो । चौथो पटकसम्म परेको हिमपातका कारण मार्तडी कोल्टी सडकखण्ड एक महिना अगाडिदेखि अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?