Comments Add Comment

सृजनशील नारी पुरस्कार शान्ति प्रियवन्दनालाई

११ माघ, मकवानपुर । भीमविराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले यसबर्षको तुलसीमाया शिवकुमारी स्मृति सृजनशील नारी पुरस्कार कवि तथा प्रगतिशील लेखक संघ नेपाल, मकवानपुरका अध्यक्ष शान्ति प्रियवन्दनालाई दिइने भएको छ । प्रतिष्ठानले १० हजार राशीकोे उक्त पुरस्कार प्रदान गर्ने भएको हो ।

प्रतिष्ठानले यो वर्ष कवि शान्ति प्रियवन्दनासहित विभिन्न विदामा सातजनालाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । विरागको ८६ औँ जन्मजयन्तीको अवसरमा माघ १५ गते पुरस्कार वितरण गर्ने न्युजक्लब नेपालमा पत्रकार सम्मेलनको आयोजक गरी प्रतिष्ठानले जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष उज्वल शर्मा भण्डारीले यो वर्षको विजुलीमाया वन राष्ट्रिय पुरस्कार केही पछि हुने बताए । बागमती प्रदेश स्तरीय ५० हजार १ राशीको हर्षनर बज्राचार्य स्मृति सम्मान बरिष्ट संगितकार शुभबहादुर सुनामलाई दिने बताए ।

प्रदेश स्तरीय यो पुरस्कारको राशी गतवर्ष २५ हजार थियो । त्यसैगरी भीम मथुरा बालप्रतिभा पुरस्कार आगमन कोइरालाई दिईने भएको छ । यो पुरस्कारको राशी ७ हजार ५ सय छ । त्यसैगरि यो वर्षको शिलानारी प्रतिभा पुरस्कार छमछमी विजेता सन्ध्या आचार्यलाई नगद १५ हजार राशी सहित दिईने भएको छ भने चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार ११ हजार १ सय ११ नगद सहित कवि छवी अनित्यलाई दिईने भएको छ ।

त्यसैगरी मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कार स्वास्थ्यकर्मी सत्यदेवी जर्घालाई नगद १० हजार सहित पुरस्कृत हँदा अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार प्रविण ग्वाच्छालाई १० हजार १ सहित सम्मान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment