+
+
Shares

सिन्धुलीमा माइक्रोबस दुर्घटना, १ को मृत्यु, २० घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते १०:३०

१२ माघ, सिन्धुली । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नम्बरको माइक्रोबस बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटनाको पुष्टि गर्दै एक जनाको ज्यान गएको जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौं महानगरपालिका–११, गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजन छन् । उनी सोही माइक्रोबसका चालक हुन् ।

दुर्घटनामा २० यात्रु घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको हो । बाक्लो हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?