+
+
Shares

पूर्वमन्त्री जबेगूको ‘साप्थबा’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते ११:५२

१२ माघ, काठमाडौं । पूर्वमन्त्री श्रीप्रसाद जबेगूको कथा संग्रह ‘साप्थबा’ विमोचन भएको छ । शनिबार सातदोबाटो स्थित चुम्लुङ हिममा पूर्वकुलपति बैराँगी काइला, पूर्वसञ्चारमन्त्री राम कार्की र डा. देवी क्षेत्री दुलाललगायतले कथा संग्रह विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वकुलपति काइलाले नेपाली साहित्यमा मातृभाषाबाट कृतिको नामाकरणले नयाँ आयाम थपिएको बताए । उनले भने ‘जबेगूको कथा भन्ने तरिका राम्रो छ ।’

जबेगूद्धारा लिखित साप्थबामा संग्रहित कथाहरु ग्रामीण भेगका पिछडिएका, गरिब, निमुखाहरुको जीवन १५ वटा कथामा समिटिएको छ । कथाकार जबेगूको यो दोस्रो कृति हो । यस अघि उनको निबन्ध संग्रह लिम्बुवान : लिम्बू कि लिम्बुवानवासीको २०७३ मा प्रकाशित छ ।

कथा संग्रह सन्तवीर नेम्बाङ र शकुन्तला नेम्बाङले प्रकाशित गरेका हुन् । याक्थुङ लेखक संघले आयोजना गरेको विमोचन कार्यक्रम संघका महासचिव टंक सेलिङको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?