Comments Add Comment

कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न कां‌ग्रेसको माग

१२ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । चीनबाट आएका एक नेपालीमा यसको संक्रमण देखिसकेको छ । थप दुई जनामा संक्रमण भएको आशंकामा उपचार भइरहेको छ । चीनको हुबई प्रान्तको राजधानी वुहानबाट फैलन सुरु भएको कारोना भाइरस आधा दर्जन मुलुकमा फैलिसकेकोे छ ।

वुहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न कांग्रेस संसदीय दल आग्रह गरेको हो ।

‘महामारीका रुपमा फैलन सक्ने कोराना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा सङ्क्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछौँ’, प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस कोरोना भाइरस : लक्षण के हो ? कसरी बच्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment