Comments Add Comment

हराएको मोटरसाइकलसहित ट्राफिकलाई रंगेहात भेटेपछि …

१२ माघ, विराटनगर । चोरी भएको मोटरसाइकल ट्राफिकले चलाएपछि सवारी धनीले रंगे हात फेला पारेका छन् ।

विराटनगर महानगरपालिका-९ का सुनिल अटलको को२३प ६९२१ नम्बरको मोटरसाइकल गत भदौं २२ मा हराएको थियो । नम्बर बदलेरले बा३५प ५८९३ बनाइएको सोही मोटरसाइकल प्रहरीले बेवारिसे अवस्थामा फेला पारी ट्राफिकलाई बुझायो ।

कसैले दाबी नगरेपछि मोटरसाइकल ट्राफिक प्रहरीले नै चलाउँदै आएको थियो । त्यसै क्रममा ट्राफिक प्रहरी हवल्दार मोहन खतिवडा सोही मोटरसाइकलसहित ट्राफिक चोकस्थित सुनिलको मेडिकलमा आइपुगे ।

सुनिलले हवल्दार खतिवडा चढेको मोटरसाइकल आफ्नो भएको दाबी गरे । उनको मोटरसाइकल नम्बर को२३प ६९२१ थियो तर खतिवडा चढेको मोटसाइकल नम्बर बा३५प ५८९३ थियो ।

नम्बर नमिले पनि मोटरसाइकल अगाडि लेखिएको ‘जय सियाराम’ शब्दका आधारमा मोटरसाइकल आफ्नै भएको दाबी सुनिलले गरे ।

मोटरसाइकल हराएपछि सुनिलले यसअघि नै प्रहरीमा उजुरीसमेत गरेका थिए । मोटरसाइकलको चेसिस नम्बरका जाँच गर्दा उनकै रहेको पुष्टि भएपछि जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताए ।

उनका अनुसार बा३५प ५८९३ नम्बरको मोटरसाइकल करिब चार महिनाअघि सिआरभी प्रहरीले बेवारिसे अवस्थामा फेला पारेर ट्राफिक प्रहरीलाई जिम्मा लगाएको थियो । तर सो नम्बरको मोटरसाइकल हराएको उजुरी परेको थिएन् ।

दाबी गर्ने मानिस नआएपछि पछिल्लो समय काम पर्दा ट्राफिक प्रहरीले सो मोटरसाइकल प्रयोग गर्दै आएका थिए । शनिबार मोटरसाइकल धनीले दाबी गरेपछि मोटरसाइकल जिम्मा लगाइएको थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment