+
+
Shares

नाम र राजधानीपछि बागमती प्रदेशसभाको पहिलो बैठक

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते १७:०३

१२ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले दुई विधेयक प्रदेशसभामा पेश गरेको छ ।

बागमती प्रदेशका आन्तरिक मामीला तथा कानून मन्त्री शालीकराम जमकट्टेलले आइतबारको बैठकमा प्रदेशकभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका हुन् ।

यस्तै बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७५ लाई संसोधन गर्न बनेको बिद्येयक सभामा प्रस्तुत गरेका थिए ।

प्रदेशसभाको अर्को बैठक सोमबार साढे ११ बजे बस्नेछ । प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकरण गरे पछि पहीलो पटक प्रदेश सभाको बैठक आइतबार बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?