+
+
Shares

सबै विवाद मेलमिलापमा लैजानुहुन्न : न्यायाधीश खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १३:४४

१३ माघ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सबै विवादहरुलाई मेलमिलाप प्रक्रियामा लैजान नहुने बताएका छन् ।

वैदेशिक रोजगार विभागले सोमबार आयोजना गरेको मेलमिलापकर्ताहरुको सपथ ग्रहण कार्यक्रममा उनले सबै मुद्दाहरुलाई मेलमिलाप प्रक्रियामा लैजान नहुने बताएका हुन् ।

‘जहाँ मेलमिलाप गराउनु उपयुक्त हुँदैन मेलमिलाप प्रक्रियामा ती कुराहरुलाई पठाउनु हुँदैन, त्यो प्रक्रियाबाट संवोधन हुन दिनु हुँदैन । सामान्य किसिमका विवादहरु मेलमिलाप प्रक्रियाबाट टुङ्ग्याउनु असल हुन्छ’ न्यायाधीश खतिवडाले भने ।

न्यायोचित समाधान दिन मेलमिलापकर्ताको महत्वपूर्ण भूमिका रहने भन्दै उनले मेलमिलापलाई पैसामा हिसाब गरेर न्यायोचित न्याय दिन नसकिने धारणा राखे ।

मेलमिलापका लागि विवादका दुई पक्षबीचको सन्तुलनमा ध्यान दिन न्यायाधीश खतिवडाले आग्रह गरे । ‘मेलमिलापले जहिले पनि दिएको समाधान न्यायोचित हुनुपर्छ दुईवटा पक्षको सन्तुष्टिको विषय बनाउनुपर्छ’ उनले भने ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले वैदेशिक रोजगारमा आउने समस्यालाई मेलमिलापमा लैजादा प्रक्रिया लम्बिने खतरा बढेको बताए ।

अहिलेसम्म संस्थागत विवादमा नैतिक दवाव दिएर पनि समस्याको समाधान गरिदै आएकोमा अब मेलमिलापकर्ताबाट प्रमाण जुटाएर मेलमिलाप गराउने चुनौती रहेको बताए । कार्यक्रममा ५२ जना मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?