+
+
Shares

बागमती प्रदेश कांग्रेस संसदीय दलको उपनेतामा भँडेल चयन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १४:२३

१३ माघ, हेटौंडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको उपनेतामा सांसद कृष्णलाल भँडेल नियुक्त भएका छन् ।

प्रदेशसभा संसदीय दलको विधान अनुसार भँडेललाई उपनेतामा नियुक्त गरेको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

यसअघि, प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक, सदस्य सचिव र प्रवक्ता चयन भएपनि उपनेता चयन गरेको थिएन ।

दुई वर्षपछि भँडेललाई सोमबार उपनेता नियुक्त गरिएको हो । भँडेल मंसिर १४ गते भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?