Comments Add Comment

नेपाली सेना ‘भूतपूर्व सैनिक सम्मेलन’ सम्पन्न

१३ माघ, काठमाडौं । भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा सुर्खेतमा आयोजित नेपाली सेना ‘भूतपूर्व सैनिक सम्मेलन-२०७६’ सोमबार सम्पन्न भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले एक विशेष कार्यक्रमकाबीच सम्मेलनको समापन गरेका हुन् । सम्मेलनको समापन गर्दै प्रधानसेनापति थापाले नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीलाई अडिग र अविचलित रहँदै पुर्खाको रगत, पसिना र बलिदानबाट प्राप्त नेपाली सेनाको गौरवमय इतिहासलाई जीवन्त राख्‍न सेवारत र सेवानिवृत्त सैनिकहरु सदैव समर्पित रहेको र रहनु पर्ने बताए ।

अवकास प्राप्त सैनिक व्यक्तिहरुले विगतमा पुर्‍याएको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेको उनले बताए ।

“शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार-आत्म सम्मान तथा समृद्धिको आधार” भन्‍ने मूल नाराका साथ सञ्चालन भएको सम्मेलनमा हुम्ला, जुम्ला, डोल्पा, मुगु, दैलेख, सुर्खेत र जाजरकोट जिल्लामा बसोबास गर्ने नेपाली सेनाका १४५० जना भूतपूर्व सैनिक तथा परिवारजनहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment