Comments Add Comment

कावासोतीमा भेटियो दुई टाउके करेत सर्प

१३ माघ, बुटवल । सर्प अनुसन्धानकर्ताले नेपालमा विश्वकै दुर्लभ दुई टाउके करेत सर्प फेला पारेका छन् । सर्प अनुसन्धानकर्ता रूपन्देहीका युवा कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प नवलपुरको कावासोती फेला पारेको हो ।

करेत बिषालु जातको सर्प हो । स्थानीय जुद्धवीर श्रीस मगरको घरमा यो सर्प भेटिएको हो । अस्पतालमा सो सर्पको शुक्ष्म तरिकाबाट अध्ययन अनुसन्धान पश्चात पि्रजर्व गरी सुरक्षित रुपमा राखिएको सर्पदंश विज्ञ तथा अस्पतालका प्रमुख डा. छबिलाल थापाले बताए ।

करेत प्रजातीको दई टाउको सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक तथा नेपालमा पहिलोपटक भेटिएको देवकोटाको दाबी छ । न्युटेसनका कारण यसप्रकारको अपांगता भएको करेत जन्मिएको हुनसक्ने उनको भनाइ छ ।

दुइ टाउके करेत देब्रे टाउकोदेखि पुच्छरसम्मको लम्बाइ २ सय ८ एमएम र दाहिने टाउकोदेखि पुच्छरसम्मको लम्बाइ २ सय एमएम छ ।

यो सर्प पोथी जातको करेत हो ।

यस अघि दुई टाउके करेत सर्प भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भि आर झा को समुहले फेला पारेका थिए । नेपालमा भने पहिलो दुई टाउके सर्प जेनोक्रोफिस पिस्केटर (पानी सर्प) सर्पविज्ञ करणबहादुर शाहको समुहले सन् १९८३ मा फेला पारेका थिए ।

यो सर्पको नमुना काठमाडौंको प्राकृतिक बिज्ञान संग्राहलयमा राखिएको छ ।

अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ अन्तरगत सर्प विशेषज्ञ समुहका (बिपिएसजी) नेपालका सदस्य तथा नेपाल टक्सिनोलोजी संघका उपाध्यक्ष समेत रहेका देवकोटा भन्छन्, ‘अझै पनि हाम्रो समाजमा अन्धविश्वासका कारण सर्प मारिन्छन् । सर्प र सर्पको टोकाईसम्बन्धी जनचेतनाको कमी छ, हामी सचेतना बढाउने अभियानमा सक्रिय छौं ।’

करेत सर्पको डिजिटल भौचर फोटो सिंगापुरको नेसनल युनिर्भसिटीस्थित ली कोग चेन प्रकृतिक विज्ञान संग्राहलयमा राखिएको उनले बताए ।

दुईवटा टाउको भएको करेत सर्प अनुसन्धान सम्बन्धी लेख अमेरिकाको रेप्टाइल एन्ड एम्पिmबियन कन्जर्भभेसन जर्नलमा प्रकाशित छ ।

देवकोटा र उनको समूहले तीन वर्षदेखि तराईका रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, सर्लाही लगायतका जिल्लामा सर्पको अनुसन्धान गर्दै आइरहेको छ ।

तस्वीर सौजन्य : कमल देवकोटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment