Comments Add Comment

नेपालसहित १६ देशमा भेटियो कोरोना भाइरस, ८२ जनाको मृत्यु

१४ माघ, काठमाडौं । कोरोना भाइरस संक्रमण झेलिरहेको चीनमा यसबाट ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । झण्डै ३ हजार मानिस बिरामी परेका छन् ।

कोरोना भाइरसका कारण हुवेईमा सबैभन्दा धेरैको ज्यान गएको छ । बीबीसीको अनुसार हुवेईमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५६ बाट बढेर ७६ पुगेको छ । त्यस्तै, चीनका अन्य भागका ६ जनाको पनि कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ ।

चिनियाँ सरकारी अधिकारीहरूका अनुसार राजधानी बेइजिङमा कोरोनाका कारण पहिलोपटक एक व्यक्तिको ज्यान गएको छ । ५० वर्षीय एक व्यक्तिको राजधानी बेइजिङमा कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

चिनियाँ नयाँ वर्षको अवसरमा सार्वजनिक बिदा थपेर आइतबारसम्मका लागि दिइएको छ । वुहानलगायतका सहरमा सार्वजनिक यातायात बन्द गरिएको छ । अन्य राज्य र सहरहरूमा पनि सावधानी अपनाइएको छ । प्रकोप न्यूनीकरणका निम्ति प्रयास जारी रहे पनि संक्रमतिसँगै मृतकको संख्या बढ्दै गएपछि चिन्ता व्यक्त हुन थालेको छ ।

चीनबाहिरका अन्य राष्ट्रमा पनि कारोना भाइरसको संक्रमण देखिएको छ । बीबीसीका अनुसार, जर्मनी, अमेरिका र अष्ट्रेलियामा ४४ बिरामी भेटिएका छन् । त्यस्तै, थाइल्यान्डमा ८, ताइवान, मलेसिया र दक्षिण कोरियामा ४, फ्रान्स र जापानमा ३, भियतनाममा २ बिरामी फेला परेका छन् । नेपाल, क्यानडा, कोलम्बिया र श्रीलंकामा पनि कारोना भाइरसका बिरामी भेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । बेलायतका ७३ जनामा परीक्षण गरिएकोमा त्यहाँ भने कसैमा पनि संक्रमण नदेखिएको समाचारमा जनाएको छ ।

यद्यपि, यही भाइरसका कारण चीनभन्दा बाहिर भने अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment