Comments Add Comment

रुपन्देहीमा दिवंगत प्रदेश सांसदको सम्झना

प्रदेशलाई स्थापित गर्ने योद्धा गुमाउदा पिडाबोध भयो : मुख्यमन्त्री पोखरेल

१४ माघ, बुटवल । नेपाली कांग्रेस प्रदेश ५ का विपक्षी दलका नेता बलदेब शर्मा पोखरेलको नवौ दिनको पुण्य तिथिमा श्रद्धाञ्जलीसभा गरिएको छ । गत माघ ५ गते ८२ बर्षको उमेरमा पोखरेलको मृत्यु भएको थियो ।

कांग्रेस संसदीय समितिले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई स्थापित गर्ने योद्धा गुमाउँदा पीडाबोध भएको बताए । शर्माको अभावमा नेपाली कांग्रेसले उनका सपना पूरा गर्नुपर्ने भन्दै पोखरेलले उनीबाट असल संस्कार सिक्नुपर्ने धारणा राखे ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको सफलतामा शर्माको समेत भूमिका रहेको भन्दै मुख्यमन्त्री पोखरेलले उनको जीवनशैलीबाट प्रेरणाा लिन सकिने बताए ।

त्यस्तै श्रद्धाञ्जली सभामा बोल्दै सभामुख पूर्णबहादुर घर्तीले संसदमा शर्माले खेलेको भुमिकाको उच्च कदर गरिने बताए । सादगी जिन्दगी बिताउने, लाभको पद नसोच्ने स्वभाव भएका शर्माको जिवनलाइ सबैले अनुशरण गर्नुपर्ने बताए ।

त्यस्तै नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले पोखरेलले संसदमा खेलेको भुमिका महत्त्वपूर्ण रहेको भन्दै अधुरा कार्यहरू सबै मिलेर सम्पन्न गर्ने बताए । उनले पोखरेलको निधनले बाटो नबिराई हिड्ने पाठ सिकाएको समेत बताए ।

नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले पोखरेलको निधनबाट प्रदेशसभाले अभिभावक गुमाएको बताइन् । कांग्रेस संसदिय दलका उपनेता वीरेन्द्र कनौडिया, प्रमुख सचेतक सुरेन्द्र हमाल सांसद बैजनाथ कलवार, समाजवादी पार्टीकासहर्षराम यादव, राजपा नेत्री कल्पना पाण्डे लम्साल लगायतले पोखरेलको निधनले प्रदेशसभालाई अपुरणीय क्षति पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment