Comments Add Comment

रुपन्देही ट्रक दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो

१४ माघ, बुटवल । रुपन्देहीमा तीन वटा ट्रक ठोक्किएर भएको दुर्घटनामा मृतक तीनै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन ४ का ३० वर्षीय लालु कुर्मी, ३५ वर्षीय मोबिकन कुर्मी र ना २ ख ८४८१ का चालक सुनसरी चतराका अन्दाजी ३५ वर्षीय पूर्णबहादुर भुजेल रहेका छन् ।

भैरहवा–भुमही सडकको रोहिणी गाँउपालिका-४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा  ९ जना घाइते भएका छन् । घाइतेको युनिभर्सल मेडिकल कलेज रानी गाउँमा उपचार भइरहेको छ ।

भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६  नम्बरको ट्रक मंगलबार बिहान पौने ७ बजेतिर एकआपसमा ठोक्किएको थियो ।

तराईमा बाक्लो हुस्सु र कुहिरोले सडक दुर्घटना बढाएको हो । घाइते ९ जना मध्ये ४ जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका ४ का ४७ वर्षीय दुधई हरिजन र सिन्धुली रातामाटे बस्ने २७ वर्षीय मोहन राईको अवस्था अत्यन्त गम्भीर छ ।

यो पनि पढ्नुहोस रूपन्देहीको रोहिणीमा ३ ट्रक जुधे, ३ जनाको मृत्यु, ९ घाइते

त्यस्तै पाल्हीनन्दन गाउँपालिका ४ कै २६ वर्षीय विनोद धवल र ३२ वर्षीय सुवास कुर्मी पनि घाइते छन् । त्यस्तै तनहु खैरेनी नगरपालिका ५ का १९ वर्षीय विरेन्द्र गुरुङ, पाल्हीनन्दन४ का १६ वर्षीय अखिलेश यादव, १८ वर्षीय मनिस धवल, २८ वर्षीय शैलेश कुर्मी र २२ वर्षीय त्रिभुवन हरिजनको भीम अस्पताल भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केशव ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment