Comments Add Comment

बालुवासँगै परालले छोपेको अवस्थामा युवकको शव भेटियो, हत्या भएको आशंका

१४ माघ, विराटनगर । मोरङ र सुनसरी जिल्ला छुट्याउने केशलिया खोला किनार नजिकै हत्या गरी फालिएको अवस्थामा एक जना युवकको शव फेला परेको छ । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सिमाना भएर बग्ने केशलिया खोला किनार नजिकै बालुवासँगै परालले पुरेको अवस्थामा अन्दाजी २०/२५ वर्ष जस्तो देखिने युवकको शव भेटिएको हो ।

मंगलबार भेटिएका युवकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोद शर्माले जानकारी दिए । उनका अनुसार नग्न अवस्थामा भेटिएको शवलाई पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

बालुवासँगै परालले छोपेको अवस्थामा खुट्टा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार बस्ती भन्दा करिब ५ सय मिटर ढाटा रहेको बाँसघारी नजिकै पराल राखिएको छ । पराल नजिकै रहेको खाल्डोमा पुरेर माथिबाट परालले छोपिएको अवस्थामा शव भेटिएको हो ।

टाउको र अनुहारमा चोट देखिएको शव नचिनिने अवस्थामा छ । केही दिन अघि नै हत्या गरे गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

शरीरमा लगाएका कुनै पनि कपडा नभएको र अनुहार तथा टाउको किच्याएर चिन्नै नसक्ने अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव भेटिएको स्थान नजिकै वरपर लतपतिएको रगतका टाटाहरु छन् ।

घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको मखलर (गलबन्दी) को टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment