+
+
Shares

कृषि कर्ममा लागेका कसैलाई पनि निराश बनाउँदिन : कृषिमन्त्री भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १७:०१

१४ माघ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि कर्ममा लागेका कसैलाई पनि निराश नबनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कृषि क्षेत्रका विद्यमान समस्या र भावी दिनमा मन्त्रालयले गर्नुपर्ने कामबारे मंगलबार पत्रकारसंग छलफल गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

मन्त्रालय सम्हालेपछि आफू सिक्ने र जान्ने क्रममै रहेको भन्दै मन्त्री भुसालले नतिजा देखिने गरी आफू छिट्टै सार्वजनिक रूपमा बोल्ने स्पष्टीकरण दिए । ‘म बोल्छु, छिट्टै बोल्छु कृषि कर्ममा लागेका कसैलाई पनि निराश नहुने गरी बोल्छु’ उनले भने ।

समाचारको लागि अहिले दिने कुनै विषय आफुसंग नभएको मन्त्री भुसालको भनाइ छ । ‘मलाइ थाहा छ तपाईहरुले मबाट अपेक्षा गर्नुभएको छ तर मेरो फेरि बिन्ती छ आज दिने कुरा केही छैन’ उनले भने ।

मन्त्रालय सम्हालेदेखि महाशाखागते ब्रिफिङ लिने काम एक पटक सकिएको र नबुझेका केही विषयमा दोहोर्‍याएर पनि जानकारी लिइरहेको उनले बताए । मन्त्रालयसंग सरोकार राख्ने विभिन्न पक्षसंग छलफल गर्ने क्रममा आफूले सञ्चारकर्मीको कुरा सुन्न मात्रै चाहेको उनले स्पष्ट गरे ।

मंसिर ४ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका भुसालले औपचारिक रुपमा आफ्नो कार्ययोजना हालसम्म सार्वजनिक गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?