
१४ माघ, बुटवल । पाँचौं अन्तरकलेज राममणि कप जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक नीलो समूहले जितेको छ ।
मंगलबार सम्पन्न फाइनल प्रतिस्पर्धामा न्यू इन्भाइरनमेन्ट मणिग्रामलाई ट्राइब्रेकरमा पछि पार्दै राममणि नीलो विजयी भएको हो ।
जिल्लाका १६ वटा कलेजले भाग लिएको प्रतियोगिताका विजयीले ३० हजार नगद तथा उपविजेताले २० हजार नगदसहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजयी टिमलाई तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले पुरस्कार प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4