+
+
Shares

पापको भागीदार बन्दिनँ भन्दै प्रदेश राज्यमन्त्री झाले दिइन् राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १९:५२

१४ माघ, जनकपुरधाम । प्रदेश २ सरकारकी भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पलकुमारी झाले राजीनामा दिएकी छन् । उनले मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको कार्यालयमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाएकी हुन् ।

पत्रमा ‘राज्य मन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन लामो देखिको मेरो प्रयासका वावजुद पनि स्थिति अनुकुल हुने अवस्था नभएका’ राजीनामा दिएको उल्लेख छ ।

‘पापको भागीदार बन्दिन’

राज्यमन्त्री झाले मुख्यमन्त्री र आर्थिकमामला मन्त्रीसँग असन्तुष्ट भएर राजीनामा दिएकी हुन् । प्रदेश सरकारले आफ्नै गृह जिल्ला (रौतहट) मा कार्यक्रम गर्दा समेत आफूलाई जानकारी नदिएको उनकेा गुनासो गरिन् ।

संयुक्त सरकार भएपनि एउटै पार्टीको सरकार जसरी सञ्चालन गरेको, आफूले अघि सारेको जुनसुकै योजना अर्थ मन्त्रालयले रोकेको झाको गुनासो छ । राजीनामापछि अनलाइनखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, ‘डेढ वर्षदेखि निरन्तर प्रयत्न गर्दा पनि पदीय मर्यादा जोगाउन नसक्ने अवस्था आएपछि पापको भागीदार किन बन्ने भनेर राजीनामा दिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?