Comments Add Comment

हवाई इन्धनका ट्यांकर चालकले फिर्ता लिए आन्दोलन

१४ माघ, काठमाडौं । हवाई इन्धन ढुवानी गर्ने ट्यांकर चालक र ढुवानी व्यवसायी बीच पाँच बुँदे सहमति भएको छ ।

नेपाल आयल निगमको रोहबरमा मंगलबार निगमको केन्द्रीय कार्यालय बबरमहलमा भएको छलफलमा सहमति जुटेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, हवाई इन्धन ढुवानी ईकाई समितिका उपाध्यक्ष राजकुमार लामाले अनलाइनखबरलाई बताए ।

सहमतिसँगै आन्दोलनको सबै कार्याक्रम फिर्ता लिइएको  र भोलिदेखि ढुवानी सुचारु गर्ने पनि उनले बताए ।

बैठकमा इन्धन लोडिङमा हुने कैफियतबारे निगमको प्राविधिक टोली रक्सौल डिपो निरीक्षणमा जाने, ट्यांकर तथा ट्रक चालकहरुलाई तिराउने जरिवाना तथा भारतीय पक्षले दिने दुःखबारे निगमले सहजीकरण गर्ने सहमति पनि भएको छ ।

यस्तै लोडिङ परिमाणको एक प्रतिशत भन्दा बढी नोक्सानी भएर मूल्य तिर्नुपर्ने अवस्थामा इन्धन लोडिङ गर्ने डिपोमा हुने ट्याकंरमा भएको इन्धनको तापक्रम र ट्याकंर खाली गर्ने डिपोमा हुने ट्यांकरमा भएको इन्धनको तापक्रममा हुने फरकका आधारमा परिमाणको घटी बढीको व्यवस्था लागू गर्ने पनि सहमति भएको छ ।

यस्तै ट्यांकर चालकका विभिन्न मागहरुबारे मागहरुबारे व्यासायी, चालक र निगमको प्रतिनिधि रहने एक समिति गठन गरी एक महिनाभित्र समस्याको समाधान गरिने र आजैबाट ट्यांकर तथा ट्रक चालकहरुले हवाई इन्धन ढुवानीको कार्य सुचारु गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment