Comments Add Comment

कक्षा ४ का विद्यार्थीमाथि भारतमा देशद्रोह मुद्दा

१५ माघ, काठमाडौं । भारतमा कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीविरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको छ ।

नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा एक विद्यालयका विद्यार्थीलाई कर्नाटक प्रहरीले देशद्रोहसम्बन्धी मुद्दा लगाएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

भारतको समसामयिक विषयमा बनेको नाटक व्यवस्थापनविरुद्ध पनि मुद्दा दर्ता भएको छ । नाटकले राजद्रोह र शान्ति भंग गरेको प्रशासनको आरोप छ ।

नागरिक ऐन संशोधनसम्बन्धी नाटकको दृश्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छवि कलंकित गरिएको दाबी प्रहरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment