+
+
Shares

देउवालाई ओलीको जवाफ : मैले भनेको धक्का कोरना हो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते १२:२६

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्राकृतिक धक्का भनेर कोराना भाइरसतिर संकेत गरेको स्पष्टीकरण दिएका छन् ।

मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले २०२० को सरुमा नै प्राकृतिक रुपमा धक्काको संकेत देखिएको बताएका थिए । लगत्तै बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले कसले धक्का दिँदैछ भन्दै प्रश्न गरे ।

बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धक्का भनेर आफूले कोरेना भाइरसतिर संकेत गर्न खोजेको बताएका छन् ।

उनले भने, ‘कहाँको धक्का भन्ने पनि कुरा गर्नुभयो । तर हाम्रो सजगता छ भरसक ठूलो धक्का नहोस् ।’ तर कोरोनाको असर भने पर्ने बताए । अहिलेसम्म एक जनामा मात्र लक्षण देखिएको भन्दै उनले सतर्कता अपाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?