Comments Add Comment

ब्रिटिस एयरद्वारा चीनसँगको हवाई उडान बन्द

१५ माघ,  काठमाडौं । बेलायतको ब्रिटिस एयरवेजले चीनसँगको सीधा हवाइ उडान बन्द गरेको छ । कोरोना भाइरस संक्रमण बढ्ने खतराका कारण चीनका मुख्य शहरसँगको सीधा हवाई उडान बन्द गरिएको एयरलाइन्सले जनाएको छ ।

बेलायती विदेश मन्त्रालयले जरुरी कामबाहेक चीन भ्रमण नगर्न सचेत गराएपछि ब्रिटिस एयरवेजले पनि फ्लाइट बन्द गरेको हो । कोरोना भाइरसका कारण अहिलेसम्म १०० जनाको मृत्यु भइसकेको छ  भने यो भाइरसको संक्रमण १६ जिल्लामा पुगिसकेको छ ।

धेरै देशले कोरोना भाइरस फैलिएको वुहान प्रान्तमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएका छन् ।

बेलायतले वुहानमा रहेका आफ्ना नागरिक फिर्ता ल्याउने तयारी गरेको छ । त्यहाँ करिब ३ सय जना बेलायती रहेको अनुमान छ । अष्ट्रेलियाले चीनबाट दुई हप्तायता फर्किएका आफ्ना ६ सय जना नागरिकको स्वास्थ्य परीक्षण गर्ने जनाएको छ ।

जापान, अमेरिका र युरोपियन युनियनका धेरै देशले आफ्ना नागरिक चीनबाट फिर्ता बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment