Comments Add Comment

‘६ बर्षदेखि पेशा, घर र सानी छोरी छाडेर देशका लागि खटिएको छु’: सिताराम

आफू निर्मित तथा अभिनित चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर रिलिज कार्यक्रममा कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल भावूक देखिए । विशेषगरि, चलचित्र निर्माण गरेपनि खासै समय दिन नसकेको भन्दै उनले आफूले हरेक समय रंगशाला मात्र देख्ने गरेको सुनाए ।

उनले भने–‘म ६ बर्षदेखि आफ्नो पेशा, घर परिवार, सानी छोरी सबै छाडेर बिहान ४ बजेदेखि बेलुकी ११ बजेसमम देशका लागि खटिरहेको छु । मैले कला क्षेत्रको प्रतिनिधित्व गरेको छु । कैयौ रात सुतेको छैन, कैयौ रात खाएको पनि छैन ।’

सितारामले अगाडि भने–‘अबको ४ महिनापछि रंगशालाको आकार हेरेर कला क्षेत्रले गर्व गर्छ भन्ने लाग्छ । यो रंगशाला कला क्षेत्रले बनाएको हो भन्दा हामी सबै खुशी हुन सक्छौ भन्ने लाग्छ । हामीले यति धेरै काम कला क्षेत्रको प्रतिनिधित्व गर्दै गरिरहेका छौ ।’

उनले रंगशाला नबन्ला किन भन्ने दोधारमा नरहन पनि सबैसँग आग्रह गरे । सितारामले भने–‘रंगशाला ठडिदा हरेक नेपालीको भावना र विचार ठडिन्छ । हामीले एउटै काम गरेको छौ, त्यो हो नेपाल र नेपालीलाई खुशी पार्ने ।’

उनले यी कामहरु नेताले गर्दिएको भए आफूहरु सामाजिक अभियन्ता बनेर जन्मिनु पर्दैन भन्दै अगाडि भने–‘हामी कला क्षेत्रमै रमाएका थियौं । बुढाबुढी जहाँ जाँदा पनि एकसाथ थियौं । अहिले त बुढी कता, म कता थाहा नै हुँदैन । हरेक दिन म रंगशाला बाहेक केही पनि देख्दिनँ ।’

उनले चलचित्रको काममा समय दिन आफूले नभ्याएको पनि स्विकार गरे । भने–‘एक दिन १५ घन्टा लगाएर चलचित्रको डबिङ गरेँ । मैले समय दिन भ्याएको नै छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment