Comments Add Comment

मध्यपुर थिमीलाई काठमाडौं महानगरले दियो १ करोड अनुदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले मध्यपुर थिमी नगरपालिकालाई नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत १ करोड रुपैयाँ अनुदान रकम प्रदान गरेको छ ।

नगरको वडा ४ मा पर्ने शंखधर पार्क निर्माणका लागि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई बुधबार उक्त रकमको चेक हस्तान्तरण गरे ।

करीब १७ रोपनी जमिनमा १३ करोडको लगानीमा बन्ने सो पार्कका लागि काठमाडौँ महानगरका तर्फबाट रकम हस्तान्तरण गर्दै मेयर शक्यले नगर–नगर साझेदारी कार्यक्रम अन्र्तरगत नै सो रकम हस्तान्तरण गरेको बताए ।

यस अघि महानगरले काठमाडौं जिल्लाका १० वटै नगरलाई सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली बढाउने, पार्क निर्माण गर्ने लगायतका काम गर्न भन्दै १÷१ करोड रुपैयाँ अनुदान दिएको थियो ।

छिमेकी नगरलाई रकम दिइसकेपछि काठमाडौंले बाहिरको नगरलाई समेत दिने योजना बनाएको थियो । सोहि अन्तर्गत बाहिरी जिल्लाको नगरलाई पहिलो पटक १ करोड रुपैयाँ महानगरले दिएको हो ।

मेयर शाक्यले महानगरले दिएको रकमको सही सदुपयोग गर्दै भनेकै शीर्षकमा खर्च गरे आगामी आर्थिक वर्षमा पनि सहयोग गर्न सकिने बताए ।

सम्झौतापत्रमा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर–४ शंखधरचोक नजिक शंखधर पार्क निर्माण गरी सञ्चालन गर्ने सो परियोजनामा मण्डला र एम्पिथिएटर, चिःबाह, मन्दिर, सौचालय मञ्च, पार्टी, फुटपाथ, पदमार्ग, शंखको मूर्तिसहितको ऐतिहासिक हरियाली पार्क निर्माणलगायतमा सो रकम खर्च गर्नुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment